Auctions currently listed by Agricultural Development Bank
१. धितो लिलाम डाँक बढाबढ हुने तोकिएको दिन लिलामी कार्य सम्पन्न हुन नसकेमा वा सार्वजनिक बिदा परेमा सोको लगतै बैंक खुलेको दिन उक्त लिलामी कार्य हुनेछ ।
२. धितो लिलाम डाँक बढाबढमा कम्तिमा ... ( तीन ) जना ब्यक्ति/संस्थाहरुले भाग लिएको हुनु पर्नेछ ।
३. धितो लिलाम डाँक बढाबढमा सबै भन्दा बढी बोलकबोल गर्ने व्यक्ति / संस्थाले बोलेको अंकको कम्तिमा १० (दश) प्रतिशत हुने रकम धरौटी वापत त्यसै दिन सम्बन्धित बैंकमा सम्पर्क गरी जम्मा भएको हुनु पर्नेछ ।
४. लिलाम सकार गर्ने व्यक्ति / संस्थाले लिलाम सदर भएको ७ (सात ) दिन भित्र बाँकी रकम बुझाउनु पर्नेछ । बुझाउनु पर्ने बाँकी रकम तोकिएको मितिमा बुझाउन नसकेमा जम्मा भएको रकम स्वत ः जफत हुनेछ ।
५. लिलाम सदर / बदरको निर्णय नभए सम्म धरौटी रकम फिर्ता माग गर्न र सोमा ब्याज दाबी गर्न पाईने छैन ।
६. डाँक बढाबढको शुरुवात अंक उक्त चल अचल सम्पत्तिको मुल्याङ्कन रकम वा बैंकको लेना रकम जुन बढी हुन्छ सोही रकम बाट शुरुवात गरिनेछ ।
७. धितो लिलाम डाँक बढाबढ सदर वा बदर गर्नु अगावै सम्बन्धित ग्राहकले बैंकलाई भूक्तानी गर्नु पर्ने सम्पूर्ण रकम बुझाएमा लिलामी कारवाही हुने छैन ।
८. लिलाम सदर भए पश्चात दाखिल / खारेज नामसारी गर्दा सम्बन्धित निकायमा तिर्न बाँकी कर ,राजश्व ,मालपोत , रजिष्ट्रेशन दस्तुर लगायतका सम्पुर्ण राजश्व ,कर,दस्तुर एवं अन्य भैपरी खर्च र नपुग रकम बोलपत्रदातालेनै ब्यहोर्नु पर्नेछ ।
९.डाँक बढाबढमा सबै भन्दा बढी बोलकबोल गर्ने व्यक्ति / संस्थालाई दिने वा नदिने सम्पुर्ण अधिकार बैंकमै सुरक्षित रहनेछ ।
१०. सर्बप्रथम कर्जा ग्राहकको आफ्नो नाममा भएको चल अचल सम्पत्ती लिलाम बढाबढ गरिनेछ । सोबाट सम्पुर्ण लेना रकम नपुग भएको अवस्थामा सोही दिन मन्जुरीनामा / जमानीकर्ताको धितो लिलाम डाँक बढाबढ गरिनेछ ।
११. अन्य जानकारीको लागी यस कार्यालयमा कार्यालय समय भित्र सम्पर्क राख्न सकिनेछ ।