Property Nepal - BPN6
Detail

कर्जा चुक्ता नगर्ने ऋणीको धितोमा रहेको चल÷अचल सम्पत्ति लिलाम बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आब्हान गरिएको सम्बन्धी ३५ दिने सूचना!

Auction Start Date :
2023-05-23
Auction End Date :
2023-06-26
Auction Id :
BPN6
NPA

014425768 , 014425770

यस डेभलपमेन्ट बैंकबाट कर्जा सुरक्षण वापत तपसिलमा उल्लेखित सम्पत्ति धितो जमानतमा राखी तपसिलका ऋणीले यस डेभलपमेन्ट बैंकको सम्बन्धित शाखा कार्यालयबाट कर्जा लिई उपभोग गर्ने ऋणीले यस बैंकसँग गर्नु भएको कर्जाको शर्त सम्झौता बमोजिम समय–समयमा यस बैंकलाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जाना र अन्य दै–दस्तुर समेत चुक्ता भुक्तान गर्न पटक–पटक लिखित तथा मौखिक तारताकेता गर्दा समेत बुझाउनु पर्ने रकम नबुझाई बैंकसँग गरेको ऋण तथा कर्जा सम्बन्धी शर्त बन्देजहरु उल्लंघन गर्नु भएकोले र पत्र–पत्रिका द्वारा सार्वजनिक सूचना प्रकाशन गर्दा समेत कर्जा चुक्ता नगरेकोले शिलबन्दी बोलपत्रद्वारा अचल सम्पत्ति लिलाम बिक्री गर्नको लागि सूचना प्रकाशित गरि आह्वान गरिएको छ । प्राप्त बोलपत्रहरु सम्बन्धित शाखा कार्यालयमा बोलपत्र पेश गर्ने अन्तिम दिनको भोलिपल्टको दिन वा सो दिन बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा दिनको ११ बजे खोलिने हुँदा बोलपत्रदातालाई उपस्थित हुन समेत जानकारी गराइन्छ । तर बोलपत्रदाताको अनुपस्थितीले बोलपत्र खोल्न बाधापुग्ने छैन । 

Borrowers

QUALITY SARASWOTI SUPPLIERS

Registration No. : 233571/076/077

Pan/VAT : 609713156

Directors

Bikau Thakur Lohar
Proprietor of Quality Saraswoti Suppliers

Guarantors

Punam Kumari
.
Seeja Devi
.
Shatrohan Thakur
.
Property No. 1
Kitta No. :
195
Price:
Area:
677.28 Sq. m.
Location:
Bardibas, Mahottari
Property No. 2
Kitta No. :
191
Price:
Area:
423.30
Location:
Bardibas, Mahottari
Property No. 3
Kitta No. :
184
Price:
Area:
2539.80
Location:
Bardibas, Mahottari
Property No. 4
Kitta No. :
183
Price:
Area:
2709.12
Location:
Bardibas, Mahottari

Shangri-la Development Bank

Head office:
Baluwatar-4 , Kathmandu , Nepal


  014425768 , 014425770

  customercare@shangrilabank.com

Shangri-la Development Bank

Head office:
Beena Marg, Kathmandu 44600


   014425768 , 014425770

   customercare@shangrilabank.com

Make an enquiry

Terms And Conditions

१.    बोलपत्र फाराम यस डेभलपमेन्ट बैंकको कुनै पनि शाखा कार्यालयबाट यस बैंकको खाता नं. .....–९३०७४०१०५०१०१ को "SDBL- Other non-operating Income" मा रु.५००।–(अक्षेरुपी पाँच सय मात्र) जम्मा गरी खरिद गर्न सकिनेछ ।
२.    बोलपत्र फाराममा आफूले बोलकबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । बोलपत्र फाराममा आफूले लिन चाहेको चल÷अचल सम्पत्तिको विवरण यस डेभलपमेन्ट बैंकबाट प्रकाशित सूचनाको आधारमा भर्नु पर्नेछ ।
३.    बोलपत्रदाताले आफुले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुने रकम धरौटी वापत यस डेभलपमेन्ट बैंकको कुनैपनि शाखा कार्यालयमा यस बैंकको खाता नं. .....–९२०६५०१०७०५०१ को "SDBL- Auction Deposit (Lilami)" मा जम्मा गरी सक्कल रसिद यस बोलपत्र फारम साथ संग्लन गरी यस डेभलपमेन्ट बैंकको सम्बन्धित शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा रहेको कर्जा असुली इकाईमा पेश गर्नुपर्नेछ ।
४.    बोलपत्र फाराममा कर्जा शीर्षक र धितोको क्र.सं अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । 
५.    लिलाम बिक्री हुने धितो निरिक्षण गर्न चाहेमा बोलपत्र पेश गर्नु अगावै कार्यालय समय भित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखी जे–जस्तो अवस्थामा छ सोही अवस्थामा निरीक्षण गर्न सकिनेछ । साथैं सोहि अवस्था तथा परिमाणमा स्वीकार गरी लिनु पर्नेछ ।
६.    बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले १५ दिन भित्र कबोल गरेको सम्पूर्ण रकम बुझाई चल÷अचल सम्पत्ति आफ्नो नाँउमा नामसारी गरिलिनु पर्नेछ । सो म्याद भित्र बाँकी रकम नबुझाएमा धरौटी रकम स्वतः जफत हुनेछ ।
७.    बोलपत्र दाखिल भईसकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तमा कुनै हेरफेर हुने छैन । साथै बोलपत्र स्वीकृत वा अस्वीकृत हुन टुङ्गो नलागेसम्म सामान्यतया धरौटी रकम फिर्ता दिईने छैन । 
८.    रित नपुगेको वा म्याद नाघी पेश हुन आएको बोलपत्र स्वतः रद्द हुनेछ ।
९.    बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस डेभलपमेन्ट बैंकमा नै नीहित रहनेछ र अस्वीकृत गर्दा यस डेभलपमेन्ट बैंकले कुनै पनि कारण खुलाउनुपर्ने छैन ।
१०.     बोलपत्र सदर वा सुरक्षणमा रहेको धितो नामसारी हुनु अगावै ऋणीले सम्पूर्ण रकम बुझाएमा प्राप्त बोलपत्रहरु रद्द गरी धरौटी रकम फिर्ता दिन सकिनेछ साथै सो मा कुनै व्याज समेत प्रदान गरिने छैन ।
११.    अदालत वा अन्य अख्तियार प्राप्त निकायबाट लिलाम रोक्का गर्न आदेश प्राप्त भएमा लिलाम रोक्का गर्न सकिनेछ ।
१२.    दा.खा. नामसारी गर्दा सम्बन्धित निकायमा लाग्ने सम्पूर्ण खर्चहरु बोलकबोल दाताले व्यहोर्नु पर्नेछ ।

Disclaimer

" This advertisement is a guide only. Whilst all information has been gathered from sources we deem to be reliable, we do not guarantee the accuracy of this information, nor do we accept responsibility for any action taken by intending purchasers in reliance on this information. No warranty can be given either by the vendors or their agents.”

More properties from Shangri-la Development Bank

Other properties you might be interested in based on the location and property type you are looking at.